नेपालमा पत्रकारको संख्या घट्यो !

212
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) : डाक्टर, वकिल र शिक्षक जस्तो पेशा अपनाउन लाइसेन्स चाहिने भएपनि नेपालमा विना कुनै लाइसेन्स बन्न पाइने पेशा पत्रकारिता थियो । जनतालाइ देश विदेशका समाचारबाट सुसूचित गर्ने जिम्मेवारी पाएको ‘राज्यको चौथो अंग’ अर्थात पत्रकारले चाहिँ लाइसेन्स लिनु नपर्ने भन्ने बिषयमा बहस छ । राज्यसँग अनुमति लिएर पत्रकारिता गर्नेको संख्या घटेको देखिएको छ ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालमा सूचना विभागले वितरण गर्ने प्रेस प्रतिनिधि परिचय–पत्र जम्मा २ हजार ३ सय ९ जनाले लिएको देखिएको छ । १ हजार ६ सय ४८ जनाले नविकरण गरेका छन् भने ६ सय ६१ जनाले नयाँ कार्ड बनाएका सूचना विभागको तथ्याङ्क छ । नेपाल पत्रकार महासंघमा १० हजार ७७ सदस्य छन् । पत्रकार महासंघको सदस्यता नलिएका पत्रकारको संख्या पनि उल्लेख्य छ ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी राज्यले उपलव्ध गराउने सुविधा लिनका लागि पत्रकारले सुचना विभागको प्रेस पास नवीकरण गर्नु पर्ने बताउछन् । ‘पत्रकार बन्नका लागि सूचना विभागको पास बनाउनै पर्ने जरुरी छैन’ उनले भने ‘तर राज्यले दिने सुविधा लिन राज्यले लिने पास लिनु राम्रो कुरा हो ।’ विगतमा व्यापारी, ठेकेदार, राजनीतिक दलका कार्यकर्ता र गुप्तचर समेतले सूचनाको पास लिएपछि अहिले पास वितरणमा केहि कडाइ गरिएको छ ।

सूचना विभागको पास लिन नियुक्ति–पत्र लगायत केही झण्झटिलो व्यबस्थाका कारण पत्रकारले सूचना विभागको कार्ड नवीकरण गर्न पाएका छै्रनन् । सूचना विभागवाट झण्डै १८ हजारले पत्रकार परिचय पत्र बनाएपनि यसवर्ष १६ सयले मात्र नवीकरण गरेका छन् ।


  •  
  •  
  •