पत्रकारकी पत्नी

311
  •  
  •  
  •  

वास्तवमा तल आ“गनको गेट खोल्दा र लगाउ“दा आएको घद्रक्क आवाजले मलाई ब्यु“झाएको थियो । पछि थाहा भयो त्यही मान्छे आएको रहेछ । उसकी श्रीमतीको एकोहोरो संवाद सुनेपछि मलाई त्यो मानिसको बारेमा जिज्ञासा भयो– ऊ को हो ? के काम गर्छ ? र, सधैं किन यति राति घर फर्किन्छ ? वर्षौंदेखि एउटै घरमा डेरामा बस्ने क्रममा उनीहरू अकस्मातै अहिले मेरा छिमेकी बनेका छन् । एउटै फ्ल्याट सेयर गरेर हामी बसेका छौं । जम्मा चारवटा कोठाको फ्ल्याटमा दुईवटा उनीहरूले लिएका छन् र दुईवटा हामीले । बाथरुम, प्यासेज, बरण्डा सबै साझा छन् । यसअघि ती कोठामा विद्यार्थी बस्थे, सधैं पढिरहेको देख्थें म उनीहरूलाई । कहा“ पढ्थे, कतिमा पढ्थे त्यस विषयमा भने मैले कहिल्यै चासो राखिन“ न त उनीहरूले नै बताए । उनीहरूले कोठा छोडेको कुरा पनि मैले त कोठा खाली भएपछि मात्रै थाहा पाएकी थिए“ ।
सरकारी जागिर भए पनि साहित्यिक गतिविधिमा संलग्न भएका कारण म काठमाडौंमा एउटा बेफुर्सदिलो जीवन बा“चिरहेकी थिए“ । त्यसैले पनि आफ्नैवरिपरि हुने कतिपय घटनाबाट टाढै रहन्थें । तर, त्यस रातको घटनाले भने मलाई केही दिनसम्म विचलित बनाइरह्यो । ती दुई कोठामा परिवार भएका ‘राम्रा’ मान्छे आउ“दै छन् भनेर घरबेटीबाट सुनेकी थिए“, त्यसबाहेक उनीहरूको बारेमा मलाई केही थाहा थिएन ।
बिहान उठ्दा स्वास्नीमान्छे भान्सामा थिई, उसको लोग्ने सायद सुतिरहेको थियो । उसको मुख हेर्ने इच्छाले म धेरैबेरसम्म बरण्डामा यतात्यता हिँडेजस्तो गरेर त्यसै टहलिए“ । केही क्षणको प्रतीक्षापछि भान्सा पुछेको रुमाल निचोर्दै ऊ बरण्डामा आई, म त्यसै आ“खा जुधाउ“दै मुसुक्क हा“सें, प्रत्युत्तरमा ऊ पनि मुस्कुराई । तर, अनुहारमा गहिरो असन्तुष्टि भने स्पष्ट झल्किन्थ्यो ।

मलाई किनकिन आफ्नो स्वभावभन्दा बाहिर गएर उनीहरूको बारेमा जान्न मन लाग्यो र भने– हेर्नुस् न छिमेकी भन्नु मात्रै तपाईंहरूस“ग भेट नै भएको छैन, सा“च्ची घर कहा“ हो तपाईंहरूको ? ‘दोलखा’ उसले छोटो जवाफ दिई । ‘के गर्नुहुन्छ ?’ हतारहतार आफ्नो मुख्य जिज्ञासा राख्न पाउ“दा मन हलुका भएझैं लाग्यो । ‘म त खास केही गर्दिनँ, उहा“चाहिँ पत्रकार हुनुहुन्छ,’ उसले भनी । पत्रकार ? आश्चर्यजनक भावमा प्रश्न अनायसै मुखबाट निस्कियो । ‘हजुर’ उसले भनी । कहा“ काम गर्नुहुन्छ ? नाम के हो ? म यसरी प्रश्नहरू गरिरहेकी थिए“ मानौं मलाई अर्काको व्यक्तिगत विवरणमा निकै चासो छ । उसले बताएको पत्रकारको नाम मेरा निम्ति वर्षौंदेखि परिचित थियो, नाम सुनेर म निकै खुसी भए“ । एउटा चर्चित दैनिक पत्रिकास“ग सम्बद्ध त्यो नाममा आएका रिपोर्टिङ, यदाकदा काम गर्दाका अनुभव र लेखहरू मलाई निकै राम्रो लाग्थ्यो तर मान्छे भने कहिल्यै देखेकी थिइन“ । र, देख्ने, भेट्ने खासै रुचि पनि थिएन ।

कुराकानीबाट थाहा भयो उनीहरूका दुईवटा छोराछोरी रहेछन् र दुवै होस्टल बस्दारहेछन् । त्यस दिन दिनभरि मलाई ती महिलाको अनुहार र पत्रकारको नाम आ“खावरिपरि आइरह्यो । बिचरा त्यति ठूलो पत्रकार आफ्नी श्रीमतीका ती वचनहरूले उसलाई कति आत्मग्लानि महसुस गरायो होला… ! उसकी श्रीमतीको रातिको संवादबाट आर्थिक रूपले ऊ त्यति सम्पन्न छैन भने कुरा स्पष्ट बुझिन्थ्यो । ओहो ! पैसा र नामबीचको दूरी कस्तो तुलनै गर्न नमिल्ने गरी एक–अर्कादेखि टाढा छ ! अभावले कलह निम्त्याउ“छ भन्छन्, त्यो सा“च्चीकै हो रहेछ, यदि ऊ सम्पन्न हु“दो हो त उसकी श्रीमतीले त्यसो भन्न सक्ने थिइन… पत्रकारप्रति एकोहोरो सहानुभूति राख्दै मैले त्यो दिन कटाए“ । तर, उसलाई प्रत्यक्ष देख्ने इच्छा भने लामो समयसम्म पूरा हुन सकेन । बेलुका म सुत्दा ऊ आएकै हु“दैनथ्यो र बिहान म हिँड्दा ऊ सुतिरहेको हुन्थ्यो ।

त्यसबीचमा उसकी श्रीमतीस“ग भने राम्रो सम्बन्ध भएको थियो । ऊ प्रायः भन्ने गर्थी, ‘मलाई यो किताब, कापी, कलम र कम्प्युटरजस्ता कुराहरूस“ग त घृणा नै लागिसक्यो ।’ उसका कुराबाट थाहा हुन्थ्यो उसलाई लेखपढमा कुनै रुचि छैन र ऊ आफूले चाहेकोभन्दा नितान्त फरक जीवन बा“चिरहेकी छे । पत्रिका लिने बहानाले म एकपटक उसको कोठामा पनि छिरेकी छु । उसको कोठामा भएका किताबहरू देखेर म कति रोमाञ्चित भएकी थिए“ भनेर म यहा“ वर्णन गर्नै सक्दिन“ । मैले दङ्ग परेर किताबहरू हेरेको देखेर उसले भनेकी थिई, ‘ल हेर्नुस् दिदी सम्पत्तिको नाममा यिनै किताबहरू छन्, तात्तो न छारो ।’ उसको बोलीमा समेटिएको असन्तुष्टिलाई बुझेर पनि नबुझेजस्तै गरी मैले भने– ‘हो नि ! ज्ञान र नाम आफैंमा ठूलो सम्पत्ति हो ।’ परिचयको भोलिपल्टदेखि नै उसले मलाई दिदी भन्न थालेकी थिई र म भने उसको नामैले बोलाउ“थें– रचना ।

करिब एक वर्षसम्मको आक्कलझुक्कल भेटघाट र उसका कुराकानीका आधारमा मैले उसलाई लोग्नेको कमाइमा बा“च्न चाहने, सम्पूर्ण रूपले लोग्नेमै निर्भर महिलाको रूपमा पाएकी थिए“ । ऊ चाहन्थी– उसको लोग्ने पा“च–छ बजेतिर हातमा केही न केही तरकारीका झोला बोकेर घर आओस्, उसले बनाएको खाजा खाओस्, ऊस“ग भलाकुसारी गरोस् र समय बिताओस् । शनिबार आफन्तहरूकहा“ दुवैजना भेटघाटमा निस्किन पाइयोस् र समग्रमा उसको लोग्नेले सम्पूर्ण रूपमा उसलाई मात्र सोचोस् । एउटी गृहिणीका लागि आफ्नो लोग्नेलाई लिएर ती कुराहरूको चाहना हुनु अस्वाभाविक पनि होइन । यसका अलावा टेलिसिरियल, सिनेमाजस्ता कुराहरू पनि उसका रुचिका विषय हुन् । कुनै हिन्दी सिरियलको मन छुने दृश्य र संवादलाई लिएर ऊ आफ्नो लोग्नेस“ग चर्चा गर्न चाहन्छे, कतै उसको लोग्ने पनि त्यही सिरियलको पात्रजस्तो भइरहेको त छैन भनी शङ्का व्यक्त गर्न चाहन्छे । तर, त्यस्ता कुराहरूमा उसको लोग्नेलाई कुनै रुचि छैन ।

सिरियलकी मुख्य पात्रको लोग्नेको अर्कै केटीस“ग सम्बन्ध गा“सिएपछि घर ढिलो आउने गरेको र ऊस“गको भावनात्मक सौहार्दतामा कमी आएको दृश्यले उसलाई पटकपटक झस्काएको छ । कतिपटक त उसले आफ्नो लोग्नेको ढिलो आगमनलाई यस्तै अर्थ नलगाएकी पनि होइन । तर, एक दिन लोग्नेले हात जोडेर ‘मलाई यस्ता कुराहरूस“ग कुनै रुचि छैन न त फुर्सद नै छ, तिमी किन अनावश्यक सोचेर मलाई टेन्सन दिन्छ्यौ, बरु तिमी मस“ग बस्न चाहन्नौ भने आफ्नो खुसी गर्न सक्छ्यौ, अहिले म धेरै थाकेको छु, कृपया सुत्न देऊ,’ भनेपछि उसलाई शङ्का लागे पनि व्यक्त गर्न भने छाडेकी छे । उसले कतिपटक मस“ग भनेकी छे– घरमा फोन भने प्रहरी, आर्मीका हाकिमहरूदेखि लिएर नेता र मन्त्रीहरूसम्मको आउ“छ, तर एउटा चाडबाड आयो भने कसरी टारु“ भन्ने हुन्छ, छोराछोरीको स्कुलबाट बिल आउने बेला भइसक्यो, एक सेट गहना र एक जोर राम्रो लुगा नहालेको कति भइसक्यो, यस्तो पनि जिन्दगी हुन्छ ? उहा“लाई केही मतलबै छैन । राति सधैं थाकेको छु भन्नुहुन्छ, बिहान उठ्न पाएको छैन हिँड्न हतार हुन्छ, के मेरोचाहिँ कुनै चाहना हु“दैन ?
उनीहरू त्यहा“ आएको करिब ३ महिनापछि मात्रै मैले उसको पत्रकार लोग्नेलाई भेट्ने मौका पाए“ । पातलो शरीर, गम्भीर प्रकृतिको अनुहार, तिलचामले फुलेको कपाल यस्तै थियो उसको बाहिरी रूप । ‘एउटै फ्ल्याटमा बसेको भनेर के गर्ने तपाईंस“ग त मेरो भेटै भएको थिएन,’ मैले नै कुराकानीको सुरुवात गरें । उसले लेखेका समाचार, समाचार विश्लेषण, लेख र यात्रा संस्मरणको सिलसिलेवार वर्णन गरिदिएपछि ऊ दङ्ग प¥यो र भन्यो, ‘मलाई खुसी लाग्यो, तपाईं कति सूक्ष्म अध्ययन गर्नुहु“दोरहेछ ।’

साथै उसले आफूले मुलुकका विभिन्न भागमा गएर रिपोर्टिङ गर्ने क्रममा द्वन्द्वका विषयमा देखे–भोगेका कुराहरूलाई लिएर एउटा किताब निकाल्न लागेको जानकारी पनि दियो र भन्यो– खै प्रकाशक भेटिन्छ कि भेटिँदैन । ‘तपाईंजस्तो नाम चलेको मान्छेको किताब जसले पनि छापिहाल्छ नि,’ मैले भने । कुरैकुरामा साहित्य र पत्रकारिताको भेद खुलाउ“दै उसले भन्यो– म अहिले जे गरिरहेको छु त्यो बा“चुञ्जेलका निम्ति मात्रै हो, तर राम्रो साहित्य सिर्जनाले मरेपछि पनि अमर बनाइरहन्छ । पत्रकारिता त क्षणिक हो, गरुञ्जेल के–के नै गरिरहेको छुजस्तो तर मरेको भोलिपल्टदेखि खासै अर्थ राख्दैन । हेर्नुस् न किशोरीरमण राणाले जीवनभर पत्रकारिता गरे तर अहिले नामनिशाना छैन । तर, जम्मा ११ वटा कथाले गुरुप्रसाद मैनालीलाई अमर बनाएको छ । ‘हो नि !’ मैल सही थापें । लाग्यो– ओहो ! उसको र उसकी स्वास्नीको संसार कति भिन्न छ ।
‘म जीवनदेखि दिक्क भइसकें,’ एक सा“झ रचनाको मुखबाट निस्किएका यी शब्दहरूले मलाई दुःखी बनायो । तिमी पूरै लोग्नेमा निर्भर भएका कारणले तिमीलाई यस्तो लागेको हो । उसले तिमीलाई सुविधा दिएन भन्नेबारेमा मात्र तिमी सोचिरहेकी छ्यौ, उसले गरेको दुःख र कामको बोझस“ग तिमीलाई कुनै चासो छैन । तिमी आफैं केही किन गर्दिनौ ? मैले भने– हेर तिमीलाई लेखपढमा अलिकति मात्रै रुचि भइदिएको भए तिमीजति सुखी र खुसी अहिले कोही हुने थिएन ।

आफैंले कमाएर जिन्दगी चलाउने झन्झटबाट मुक्त भई सिर्जनात्मक काममा लाग्न पाउनु जीवनको सबैभन्दा सुखद पक्ष हो । जीवन कसरी जिउने भन्ने कुरा जीवनप्रतिको तिम्रो दृष्टिकोणमा भर पर्छ । तिमी जेलाई सुख देखिरहेकी छ्यौ त्यो अरूका निम्ति नहुन सक्छ । घरमा बसेर टेलिसिरियल हेर्नु वा राम्रा लुगा लगाएर नातेदारकहा“ जानु या दिनभरि कौसीमा घाम ताप्नु, सा“झ भएपछि छिमेकीहरूस“ग लोग्नेको गुण र दोषको बारेमा कुरा गरेर समय गुजार्नु पनि कुनै जिन्दगी हो ? हो, तिमीले घर सम्हालिदिएका कारण तिम्रो श्रीमान्लाई सजिलो भएको छ, घरमा आउनासाथ खान पाएको छ, तिमीले धोएका सुकिला लुगा लगाएर हिँड्न पाएको छ, बच्चाहरूको छुट्टीमा रेखदेख तिमीले गरेकी छ्यौ, तिम्रो श्रीमान्को करियरमा तिम्रो ठूलो योगदान छ, त्यो कुरा व्यक्त नगरे पनि उसले पक्कै महसुस गरेको होला । हेर ! तिमी पढेलेखेकी छ्यौ, तिमीले चाह्यौ भने आत्मनिर्भर बन्न सक्छ्यौ ।

तिमीले केही गर्न थाल्यौ भने अहिले तिम्रा निम्ति बोझ र लामो भएको यही समय कति छोटो र सुन्दर हुनेछ, तिमी किन सोच्दिनौ ? मेरो लामो लेक्चरपछि उसले केही बुझेजस्तो गरी र टाउको हल्लाई । त्यसको एक हप्तासम्म मैले उसलाई घरमा देखिन“ । लाग्यो सायद उनीहरूबीच ठाकठुक प¥यो होला र ऊ माइत गएकी होली । शनिबारको सा“झ ऊ मस“ग भनिरहेकी थिई– अहिले उहा“को जस्तै दिनचर्या मेरो भएको भए के हुन्थ्यो होला ? मैले केही सोच्दै नसोची फ्याट्ट भनिदिए“– ‘के हुनु र तिमीहरू अहिले स“गै हुने थिएनौ ।’
एक रात अबेलासम्म ऊ मस“ग कुरा गरेर बसी, उसको मुहारमा पहिलोपटक मैले त्यस्तो खुसी देखेकी थिए“ । उसले भनी, ‘म आफूलाई परिवर्तन गर्न चाहन्छु, आत्मनिर्भर भएर आफ्नै खुट्टामा उभिन चाहन्छु ।’ सायद उसले कतै काम पाउने करिबकरिब निश्चित भएको थियो, त्यसैले ऊ खुसी भएकी थिई । उसका कुराहरूबाट मैले त्यही अन्दाज गरेकी थिए“ । उसले नबताएपछि मैले सोधिरहन आवश्यक ठानिनँ, तर ऊ भन्दै थिई– आज उहाँ चाँडै आइदिए हुन्थ्यो जस्तो लागेको छ, मेरो कुरा सुनेर उहाँलाई अचम्म लाग्न सक्छ, म सरप्राइज दिन चाहन्छु । ऊ आफ्नो कोठामा गएको एक घन्टाजति पछि त्यस्तै बाह्र बजेतिर गेट खोलेको आवाज आयो, उही पत्रकार आएको हो भनी अन्दाज गर्न मलाई गाह्रो थिएन ।

तर, त्यस दिन अरू पनि कोही बोलेको आवाज मैले सुनें, म ब्यु“झै भएकाले प्यासेजको ढोका मैले नै खोलिदिए“ । ढोका खोल्नासाथ त्यहा“ उभिएका दुईजनामध्ये एकले अलि हड्बडाएर भन्यो– सा“झको एउटा पार्टीबाट अफिस फर्कने क्रममा दाइको दुर्घटना भयो, उहा“ साथीको मोटरसाइकलको पछाडि बस्नुभएको रहेछ, अहिले हस्पिटलमा हुनुहुन्छ । उसको संवाद पूरा नहु“दै रचना हाम्रो छेउमा आइसकेकी थिई, हतारहतार हामी सबै हस्पिटलतिर दौडियौं । आईसीयूमा राखिएको उसको लोग्नेको क्षतविक्षत शरीर देखेर ऊ नराम्रोस“ग कहालिई । मैले यसो उसको मुखमा हेरें, अक्सिजन दिएर कृत्रिम श्वासप्रश्वासमा उसलाई राखिएको थियो ।

केही क्षण पछाडि अक्सिजन निकालेर हाम्रै आ“खाअगाडि उसलाई मृत घोषणा गरियो । रेडियो, टेलिभिजन, पत्रपत्रिका जताततै उसको मृत्युको समाचार आयो । रचना धेरै दिनसम्म नराम्रोस“ग रोइरही । पैंतालीस दिनको तिथिमा पत्रपत्रिकामा उसका बारेमा प्रकाशित संस्मरण र समवेदनाहरू हेर्दै उसले भनी– ‘अहिलेसम्म उहा“को बारेमा त्यत्तिकै छापिइरहेको छ ।’ म भन्न चाहन्थें– तिम्रो श्रीमान्को नाम र परिचय नै उसको कमाइ हो, रातदिनको दौडधुप र अभावग्रस्त जीवन बा“चेर आर्जन गरेको सम्पत्ति हो । तर, यो कुरालाई मनमै राख्दै मैले भने– अब तिमीले मन दह्रो गर्नुपर्छ, सम्झ तिमी यात्रामा एक्लै थियौ, केही समयका निम्ति तिमीहरूको भेट भएको थियो र जीवनको अनिश्चित यात्रामा तिमी पुनः एक्लै भएकी छ्यौ । उसले लगातार आ“खाबाट आ“सु झारिरही… !!

कथा संग्रह ‘सम्बन्धहीन सम्बन्धहरु’बाट


  •  
  •  
  •