उज्यालोबाट एकै पटक २ दर्जन पत्रकार विदा हुँदै

589
  •  
  •  
  •  

काठमाडौं, २९ साउन (ओएनएस) : लामो समयको आन्दोलनपछि उज्यालो नाइन्टी नेटवर्कबाट २४ जना पत्रकारले एकै पटक जागिर छाडेका छन् । व्यवस्थापनसँगको वार्तामा “गोल्डेन हेण्डसेक” लिएर जाने सहमति अनुसार एकै पटक जागरि छाड्ने निणर्य गरेका हुन । व्यवस्थापन र पत्रकाहरुबीच आज सहमतिपत्रमा हस्ताक्षर हुनेछ । न्यूनतम तलब २० हजार र २ महिनादेखी सेवा सुविधा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको माग पूरा नगरी उनीहरुलाई बिदा गर्न उज्यालोको व्यवस्थापन तयार भएको हो ।

२४ जनामा २० जनाले छाड्ने निणर्य गरिसकेको र बाँकीका विषयमा आज थाहा हुने स्रोतले बताएको छ । जागिर छाड्नेमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु माधव दुलाल ,रोशन पुरी र दीपेन्द्र कुवँरसमेत रहेका छन् । पत्रकार पुरीले ब्यवस्थापनको सहमतिमा कामबाट विदा लिने सहमतिभएको बताए । जागरिबाट विदा लिँदा २० महिनाको तलब बराबर न्यूनतम १ लाख देखि ९ लाखसम्मको पाउनेछन् ।

उज्यालो छोड्नेमा पत्रकार महासंघको प्रतिष्ठानका अध्यक्ष श्रीधर पौडेल, कमल पराजुली, लक्ष्मण कार्की, सूर्यकुमार क्षेत्री, बोमलाल गिरी,हिम विष्ट,सबिन मिश्र लगायतका छन् । समाचार प्रमुख सुनील न्यौपाने र व्यवस्थापनसँग नजिक भनिएका मिलन तिमिल्सिना पनि छाड्ने मनस्थितिमा छन् ।

तर आन्दोलनको उद्देश्य जागिर छोड्नु नभई उज्यालोमै रहीरहनु भएपनि जबरजस्ती निकाल्ने प्रयास भएकाले गोल्डेन ह्याण्डसेकमा सहमति भएको हो । व्यवस्थापनले अब काम गर्ने सबैलाई स्थायी गर्ने सहमति पनि गरेको छ । अबको एकमहिना काम गरेर सबैजना एकैपटक विदा हुनेछन् ।

पत्रकाहरुसँगै उज्यालोमा लगानी रहेका भीमसेन राजवाहक पनि उज्यालोबाट बाहिरिने तयारीमा छन् ।


  •  
  •  
  •