बालबालिकाको क्षेत्रमा काम गर्न पत्रकारहरू बाल संचार अभियानमा

160
  •  
  •  
  •  

media campian for childrenझापा, ३० जेठ(ओएनएस) : बालबालिकाको क्षेत्रमा काम गर्ने उदेश्यले झापामा संचार अभियान सुरु भएको छ । विश्व बाल श्रम विरुद्धको दिवसको अवसर पारी झापाली युवा संचारकर्मीहरू एक जुट भई बालबालिका हितका लागी युवा संचार अभियान सुरू गरेका हुन् ।

अभियानको थालनी झापाको काकँरभिटाबाट सुरु गरिएको छ । शुक्रबार श्रम दिवसको अवसर पारेर युवा संचार अभियानले मेचीनगरका होटल, उद्योग , यातायत क्षेत्रमा कार्यरत बाल श्रमिकहरुको अवस्था बुझेको थियो ।

अवलोकन पछि टोलीले मेचीनगरको बाल श्रमको बारेमा मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत केशव भट्टराईलाई समेत जानकारी गराएको थियो । भट्टराईले यो अभियानको प्रशंसा गर्दै कमि कमजोरी औलाईदिएकोमा धन्यवाद दिएका थिए ।

अभियानमा मकालु टेलिभिजनका खगेन्द्र घिमिरे, खबरपाटी अनलाईनका सम्पादक प्रकाश पौडेल, एफ एम मेची ट्युन्सका समाचार सम्पादक नरेन्द्र ढकाल, पूर्वाञ्चल दैनिकका शिशिर चम्लागाई र पुस्कर गुरागाई, रेडियो भिजनका रुपेश अधिकारी, पत्रकार नविन पौडेल र सञ्जिता पोखरेल रहेका छन् ।

यो अभियान आगमी दिनमा झापाका अन्य नगरपालिका साथै बिभिन्न गाबिस क्षेत्रमा समेत सचालन गरिने बताइएको छ ।


  •  
  •  
  •