बस दुर्घटनामा पत्रकार शाहीको मृत्यु

85
  •  
  •  
  •  

काठमाडौं , २१ असोज (ओएनएस) : डोटीमा सोमवार भएको बस दुर्घटनामा परी  पत्रकार कर्णबहादुर शाहीको मृत्यु भएको छ ।

डोटीको सरीवतीनगर गाविस २ घर भएका शाही सुदुरपश्चिमका एक मात्र आर्थिक पत्रकार हुन् ।

पत्रकार शाही आर्थिक अभियान दैनिकका धनगढी संवाददाता तथा धनगढीबाट प्रकाशित हुदै आएको लेखाजोखा साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक हुन् ।


  •  
  •  
  •