हिरासतबाट भाग्दै गर्दा पत्रकारको हत्या

156
  •  
  •  
  •  

journalist-killed-in-burmaकाठमाडौं, ८ कात्तिक(एजेन्सी) : वर्माका एक पत्रकारको हिरासतबाट भाग्दै गर्दा गोली हानी हत्या गरिएको छ । वर्मेली सेनाका अनुसार आंग नेग नामका पत्रकार हिरासत भाग्ने क्रममा गोली हानिएको हो । सेनाका तर्फबाट जारी गरिएको विज्ञप्तिका अनुसार आंगलाई यही वर्ष सेप्टेम्बरमा मे मोन राज्यबाट पक्राउ गरिएको थियो, त्यतिबेला उनी थाइल्याण्ड र वर्माको सीमामा भइरहेको झडपको रिपोर्टिङ गरिरहेका थिए ।

सेनाले उनीमाथी उक्त क्षेत्रमा एक शसस्त्र समूहका लागि काम गर्दै आएको आरोप लगाएको छ । तर, आंगका परिवार र उनका सहयोगीहरूले भने यस आरोपलाई अस्विकार गरेको छ र सामाजिक कार्यकर्ताहरूका अनुसार उनको हत्या मानवअधिकारको उल्लंघन हो ।

सेनाको विज्ञप्ति आंगकी पत्नीको अनुरोधमा आएको बताइएको छ । विज्ञप्तिका अनुसार आंगलाई गत ४ अक्टुबर गोली हानिएको थियो जब उनी हिरासतबाट भाग्ने प्रयास गर्दै थिए ।


  •  
  •  
  •