झडपको तस्विर खिचेको भन्दै प्रहरीले गरे पत्रकारमाथी कुटपीट

179
  •  
  •  
  •  

roshan prakashकाठमाडौ, १६ फागुन(ओएनएस) : तिनकुनेबाट खुल्लामञ्चतर्फ अघि बढेका आन्दोलनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा केही घाइते भएका छन् । घाइतेहरूको निजामती अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।

प्रहरीले आन्दोलनकारीले बलपूर्वक निशेधित क्षेत्र तोडेको भन्दै पानीको फोहरा, अश्रुग्यास र लाठीले एकसाथ कारवाही अघि बढाएको थियो । त्यो दृष्य खिचिरहेका न्युज एजेन्सी नेपालका पत्रकार रोशन थापालाई कुटपीट गरेको छ । प्रेस भनेर चिनिनेगरी प्रेस ज्याकेट समेत लगाएर दृक्ष्य खिचिरहेका थापालाई प्रहरीले पछाडीबाट आएर झडप खिच्छस् भन्दै लाडी हानेको थियो । यस्तै, कान्तिपुर दैनिकका फोटो पत्रकार प्रकाश तिमिल्सिनालाई पनि प्रहरीले दुव्यवहार गरेको छ ।


  •  
  •  
  •