मेक्सिकोमा पत्रकारको हत्या

88
  •  
  •  
  •  

एजेन्सी । मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ। ४९ वर्षीय टेलिभिजन पत्रकार आर्टुरो अल्वा मेडिनाको चिहुआहुवा राज्यमा हत्या भएको हो ।

स्थानीय जुआरेज टेलिभिजनमा समाचारसम्बन्धी कार्यक्रम समाप्त गरेको केही मिनेटमै उनलाई गोली हानी हत्या गरिएको थियो । मेक्सिकोमा यसवर्ष मारिएका उनी छैटौं पत्रकार हुन्। मेक्सिकोमा सन् २००० यता १ सयभन्दा बढी पत्रकारको हत्या भइसकेको छ।


  •  
  •  
  •