ज्योति विकास बैंकको पाैने नाै % ब्याज दिने ‘बम्पर सेभिङ एकाउन्ट अफर’

थप १० नयाँ शाखा खुल्दै
268
  •  
  •  
  •  

काठमाडौं, २२ चैत (ओएनएस) : विगत लामाे समयदेखि सेवाग्राहीलार्इ सेवा दिइहरेकाे ज्योति विकास बैंकले ज्योति बम्पर सेभिङ एकाउन्ट याेजना संचालनमा ल्याएको छ।

बैंकले बार्षिक ८.७५ प्रतिशत ब्याज दिनेगरी उक्त याेजना ल्याएको बैंकले जनाएको छ।बैंकले प्रेस बिज्ञप्ती जारी गरी यो खातामा बचतकर्ताहरुको बीमाको ब्यबस्था हुनाका साथै बिदेशी मुद्रा सटहीमा पनि छुट दिने जनाएको छ।

यसैगरी बैंकले यो खाता खोल्नेलाई भिसा कार्ड, मोबाइल बैंकिङ, एबिबिसएस, सिआस्वा तथा इन्टरनेट बैंकिङ सेवा निशुल्क दिने जनाएको छ। बैंकका अनुसार यो खाता खोल्नेले लकर सुविधामा पनि विशेष छुट पाउनेछन्।

बैंकले हालसम्म ५० वटा शाखा तथा १४ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ। बैंकले चाँडै नै थप १० नयाँ शाखा संचालन गर्न लागेको बिज्ञप्ती मार्फत जनाएको छ।


  •  
  •  
  •