कामु प्रधानन्यायाधीशकाे हैसियतले जोशी तोके इजलास

328
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले पद सम्हाले लगत्तै अदालतकाे दैनिक कारवाही प्रकृयालार्इ अगाडी बढाएका छन्।

जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन्। उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्।

न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।

पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएकाे अदालतले जनाएको छ ।

 

 


  •  
  •  
  •