आईएस दावी : विमानचालकलाई जलाउनुअघि हेभी ड्रग्स

158
  •  
  •  
  •  

jordon-pilot-burnt-aliveकाठमाडौ, १ फागुन(एजेन्सी) : जोर्डनको विमानचालकलाई जिउँदै जलाउनुभन्दा अगाडि हेभी ड्रग्सको डोज दिएको  आईएसआईएसले दावी गरेको छ । साउदी अरबको वेबसाइट बरन्युज डट कमको एक प्रतिवेदनमा यस्तो दावी गरिएको छ ।

वेबसाइटका अनुसार २६ वर्षीय विमानचालक मुआद अल कस्साबेहलाई जिउँदै जलाउँदा पनि नचिच्याओस भन्नका लागि हेभी ड्रग्स दिएइको थियो । आतंकीहरूले गेको यस कार्यबाट रूष्ट भएको जोर्डनले तीन दिनमा उनीहरूको आश्रयस्थलहरूमा ५६ पटक हवाई हमला गरेको थियो । यसका साथै आईएसआईएससँग जोडिएका दुई कैदीलाई फाँसी दिएको थियो ।

ड्रग्सका कारण कस्साबेह आगो लाग्नुभन्दा पहिले निडर देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भिडियोको अध्ययनबाट कस्साबेहको ‘सेन्सरी सेन्टर’ निकै चाँडो जलेको पत्ता लागेको वेबसाइटले जनाएको छ ।

वेबसाइटको प्रतिवेदनमा कस्साबेह बेहोसी अवस्थामा नै थिए । यसकारण उनले आफूमाथी के हुँदैछ भन्ने केही थाहा पाउन सकेनन् । उनी बेहोसीमा रहेकाले भयभित नदेखिएको प्रतिवेदनमा बताइएको छ ।


  •  
  •  
  •