विमान चालकको हत्याको बदलामा जोर्डनले दियो २ लाई फाँसी

293
  •  
  •  
  •  

mudderकाठमाडौ, २१ माघ(एजेन्सी) : इस्लामिक स्टेटले आफ्नो विमान चालकलाई जिउँदो जलाएकोमा आक्रान्त बनेको जोर्डनले आतंकवादी संगठनसँग सम्बन्धित दुई कैदीहरूलाई फाँसी दिएको छ । यी दुई कैदीमा महिला आत्मघाती हमलाकारी साजिदा अल-रिशवी पनि रहेकी छिन् । विमान चालको बदलामा ती महिलालाई छोड्न आईएसआईएसले माग गरेको थियो । विमान चालक जीवित भएको सम्बन्धमा प्रमाण पेश नगरेपछि उक्त माग जोर्डन सरकारले पुरा गरेको थिएन ।

माग पुरा नभएपछि आईएसआईएसले बुधबार एक भिडियो जारी गरी विमान चालक मुआद अल कस्साबेहलाई जीउँदै जलाएको देखाएको छ । यो घटनाबाट आक्रान्त बनेको जोर्डन सरकारले केही घण्टाभित्रै ४४ वर्षीय अल-रिशवी र जियाद कारबोली नामका दुई आतंकवादीहरूलाई स्वाका जेल पठाएर फाँसी दिइएको थियो ।

इराकी नागरिक अल-रिशवी सन् २००५ मा अम्मानको एक होटेलमा भएको आक्रमणको क्रममा पक्राउ परेकी थिइन् । उक्त समयमा उनको आत्मघाती बेल्ट समयमा खुल्न सकेको थिएन । उनी भाग्ने प्रयासका क्रममा प्रहरीको कब्जामा परेकी थिइन् । उनले सुरूवातमा त आफ्नो अपराध स्विकार गरेकी थीइन् तर, पछि उनले त्यसलाई अस्विकार गरेकी थिइन् । तर, अदालतले उनको अपिल खारेज गरिदिएको थियो ।

फाँसीको सजाय पाउने अर्का कैदी जियाद अल कायदाका आतंककारी हुन् । जोर्डनमा आक्रमणको योजना बनाएको आरोपमा उनी दोषी प्रमाणित भएका थिए । इराकसँग सम्बन्ध राख्ने उक्त आतंकवादी माथी सन् २००८ मा जोर्डनको एक व्यक्तिको हत्या गरेको आरोप पनि प्रमाणित भएको थियो ।

यसभन्दा अघि जोर्डन सेनाका प्रवक्ता कर्नल ममदोहले टेलिभिजनमा दिएको एक विज्ञप्तिमा भनिएको थियो, ‘जसरी हाम्रो देशमा डर पैदा भएको छ, त्यसको बदला पनि त्यसैगरी हुनेछ ।’


  •  
  •  
  •