काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट जोरबिजोर प्रणाली हट्ने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका सिडिओसहित यातायात व्यवसायीको बिहीबारको छलफलपछि जोरबिजोर हटाउने निर्णय गरेको हो।

यातायात मजदूर तथा यातायात व्यवसायीहरुले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हटाउन माग राख्दै सिसिएमसीलगायतलाई ज्ञापन पत्र बुझाएको थियो। सरकारले कोरोना भाइरस जोखिमलाई मध्येनजर राख्दै काठमाडौं उपत्यकामा असोज १ देखि जोरबिजोर प्रणाली लागू गरेको थियो ।
उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर लागु हुँदै आएको छ। यातायात व्यवसायी तथा मजदूर युनियनका प्रतिनिधिहरुले गत मंसिर १८ गते सिसिएमसी र डिसिसिएमसी कार्यालयलाई ध्यानाकर्षण गराउँदा समेत सरकारले जोरबिजोर हटाउने विषयमा निर्णय नगरेको उनीहरुको आरोप थियो।