जोरबिजोर नियम उल्लंघन गर्ने ९ सय सवारीसाधन कारबाहीमा

58
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले सवारीसाधनमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९ सय सवारी साधनलाई कारबाही गरेको छ ।

काठमाडौंमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।  कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि हामीले चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

काठमाडौंका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।


  •  
  •  
  •