बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

141
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि जारी प्रशासनले सवारी साधनमा जारी गरेको जोरबिजोर प्रणाली हटेको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको छ ।


  •  
  •  
  •