नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

317
  •  
  •  
  •  

नवलपरासी, ६ पुस (ओएनएस) : नेपाल-भारत सीमा क्षेत्रमा दुुबै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती गरेका छन्।

नवलपरासीमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका हुन्।

सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरले संयुक्त गस्ती गरेका थिए।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकीको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरको सशस्त्र प्रहरी नायब उपरीक्षक एन चोंगलोइको नेतृत्वमा रहेको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको थियो।


  •  
  •  
  •