सहमति जुटाउन शीर्ष नेताहरु सक्रिय

307
  •  
  •  
  •  

काठमाडौं, १७ भदौ (ओएनए) :  संविधानका विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने दिन नजिकिँदै जादा प्रमुख दलहरुबीच छलफल र वार्ताले निरन्तरता पाउन थालेको छ । भदौ २१ गतेभित्र विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने बाध्यकारी अवस्था रहेको भन्दै प्रमुख दलहरुबीच विवादित विषयमा सहमति जुटाउने प्रयासले तीव्रता पाएको हो ।
मंगलवार प्रमुख तीन दलको शीर्ष तहमा बसेको बैठकले तोकिएको मितिभित्र विवादित विषयमा सहमति जुटाउन सबैपक्ष लचकता अपनाउने सहमति गरेका छन् ।

संविधान निर्माणको विषयमा एमाओवादीले शासकीय स्वरुप र संघीयताको विषयमा राख्दै आएको अडान र संविधानसभाको निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीको सर्वपक्षीय गोलमेच सम्मेलन गठन लगायतको विषयमा मंगलवार विहान शीर्ष नेताहरुबीच छलफल भएको हो । बैठकमा आफ्ना दलीय अडान त्याग गर्दै सहमतिको साझा विन्दु पहिल्याउने विषमया छलफल भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए । बैठकले संविधानसभाको निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीले माग गर्दै आएको गोलमेचल सम्मेलनका विषयमा छलफल गर्न माओवादीसँग वार्ता गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार प्रधानमन्त्री निवास वालुवातारमा संविधानका विवादित सहमति जुटाउन प्रमुख ६ दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरेको बैठकमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी, राप्रपा, नेकपा मालेका शिर्ष नेताहरुको सहभागीता रहेको छ ।
संविधान निर्माणको कार्यतालिका अनुसार आगामि ५ दिनमा विवादित विषयमा सहमति जुटाएर संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्नु पर्ने ब्यवस्था भएकोले सोही अनुसार अघि बढाउन सहमति जुटाउने प्रयासमा बैठक आब्हान गरिएको हो ।


  •  
  •  
  •