सामूहिक आवास निर्माण जेठ ७ गतेबाट

341
  •  
  •  
  •  

काठमाडौँ, २८ बैशाख(ओएनएस) : पालमा बसिरहेका भूकम्प पीडितहरूका लागि सामूहिक आवास निर्माणको काम आगामी जेठको पहिलो साताबाट सुरू हुने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सामूहिक आवास निर्माणका लागि भूकम्प प्रभावित जिल्लाहरूमा आवासको आवश्यकता पहिचान गर्ने काम भइरहेको छ । जिल्लामा रहेका दैवी प्रकोप उद्धार समितिहरूमार्फत आवश्यकता पहिचान गरेर चार दिनभित्र गृहमन्त्रालयमा प्रतिवेदन पेश गरिएपछि मात्र सामूहिक आवासको काम थालिने बताइएको छ ।

यसअघि सरकारले अस्थायी टहरामा बसिरहेका त्यस्ता पिडीतहरुका लागि वर्षा अगावै त्यस्ता आवासमा सार्ने बताएको थियो।
प्राधिकरणका प्रवक्ता राम थपलियाका अनुसार आगामी जेठ ७ गतेदेखि आवास निर्माणको काम सुरू गर्ने विषयमा छलफल भएको छ ।

अत्यन्त कठीन जीवन जिउन बाध्यहरूका लागि भने सरकारले सकेसम्म चाँडो काम थाल्ने योजनामा सरकार रहेको उनले बताए ।
अस्थायी आवास बाहेक दिर्घकालिन स्वरुपको सामूहिक आवास निर्माणको काम भने शहरी विकास मन्त्रालय अन्तर्गत गठित केन्द्रिय आयोजना कार्यान्वयन निकायले गरिरहेको छ ।


  •  
  •  
  •