१६ करोडको घर छाडेर जिहादी बनेका थिए अमेरिकी पत्रकारको घाँटी रेट्ने जोन

85
  •  
  •  
  •  

काठमाडौ, ९ भदौ (एजेन्सी) : अमेरिकी पत्रकार जेम्स फोलेको घाँटी रेटी हत्या गर्ने आईएसआईएसका लडाकुको बारेमा अमेरिका र बेलायत जानकारी जुटाउन लागि परेका छन् ।

john-murderer-of-american-armyडेली मेलको रिपोर्ट अनुसार २३ वर्षीय लडाकुलाई ‘जिहादी जोन’ नामले बोलाइन्छ र उनको वास्तविक नाम अब्देल माजेद अब्देल हो । उनी लण्डनमा बस्दै आएका थिए र कुनै समयमा उनी र्यापर समेत बन्ने गर्थे । गत वर्ष जिहाद गर्ने जिद्धी गर्दै आफ्नो राम्रो संगीत करीअर छोडेर सीरिया आएका थिए । उसको फेसबुक एकाउण्टमा केही यस्ता तस्विर छन्, जसबाट उनी कसरी जिहादी बने भन्ने विषयमा आकलन गर्न समेत गाह्रो हुन्छ ।

लण्डनमा सोह्र करोड रूपैयाँको घर पनि छाडे
एल जिनी नामले जिहादी जोन एक र्यापर थियो । सीरिया जानुभन्दा पहिले उसले पश्चिमी लण्डनस्थित आफ्नो १६ करोड रूपैयाँको घर छोडेका थिए । उसले आफ्नो ट्विटर एकाउण्टमा काटिएको टाउको सहितको तस्विर पोष्ट गरेका थिए । यसपछि ट्विटर बन्द गरेका थिए ।

फेसबुक तस्विर हेर्दा उनको पहिरन पश्चिमी शैली थियो । एडिडासको क्याप लगाएर उनी स्टुडियोमा देखिन्थे । एक अर्को तस्विरमा उनी दंगा रोक्ने प्रहरीको अगाडि उभिएको छ । यसपछि उनले मास्क लगाएर एके-४७ वा एम-१६ असल्ट राइफलको साथ देखिएको छ । यो सबै तस्विर सन् २०१२ को हो । बीबीसी रेडियो १ का अनुसार जोन अंजेम चौधरीको सम्पर्कमा आएपछि कट्टरपन्थी बनेका थिए ।


  •  
  •  
  •