जोगिमारामा बस जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु

203
  •  
  •  
  •  

dhading_districtकाठमाडौं, १६ चैत (ओएनएस) : धादिङको जोगिमारामा बस  र माइक्राेबस एक–अापसमा जुध्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार काठमाडौंबाट कपीलबस्तु जाँदै गरेको लु १ ख ९३९३ नम्बरको बस र पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प १०२८ नम्बरकाे माइक्रोबस साेमबार विहान एक–आपसमा  जुध्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु भएका चार जनाको शनाखत हुन सकेको छैन । मृत्यु हुनेमा एक जना विदेशी पर्यटक भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरुको जोगिमारा अस्पतालमा मृत्यु भएको छ । प्रहरीले दुर्घटनाग्रस्त भएका बस र माइक्रोलाई हटाउने प्रयास गरिरहेको छ भने राजमार्गलाई एकतर्फीरुपमा सञ्चालन गरेको छ ।


  •  
  •  
  •