युएईमा रहेका नेपालीलाई जागिरको अवसर

94
  •  
  •  
  •  

काठमाडौ, ६ भदौ(एजेन्सी) : संयुक्त अरब इमिरेट्समा हुन लागिरहेको अन्तराष्ट्रिय चलचित्र फेष्टिवलका लागि कामदार मागिएको छ । दुवई इन्टरनेशनल फिल्म फेस्टिवल (DIFF) का लागि युएईले कामदार मागेको छ ।

फिल्म फेष्टिवलका लागि कामदारको माग गरिएपछि त्यहाँ रहेका नेपालीले समेत फाइदा लिन पाउने भएका छन् । त्यहाँ रहेका नेपालीले कामको लागि नयाँ विकल्प पाउने भएका छन् । अघिल्लो पटक पनि यसरी नै फेष्टिबलका दिन कामदार माग गरिएको थियो । युएईका स्थानीय बासिन्दा तथा त्यहाँ बसिरहेका अन्य देशका नागरिकले समेत कामका लागि आवेदन दिन पाउँछन् । कामका लागि निवेदन दिन हरेक व्यक्ति २१ वर्षभन्दा माथिको हुनुपर्छ ।

आवेदकले आवेदन अनलाइनमार्फत समेत दिन सक्ने व्यवस्था गरिएको फिल्म फेस्टिवल आयोजक Diff का मानव स्रोत तथा व्यवस्थापनका सिनियर व्यवस्थापक मोहम्मद अल होउसानीले बताएका छन् । उनले भनेका छन्, ‘हामीहरू दक्ष र इच्छुक टोलीका लागि तयार छौ । हामीले छान्ने टोलीले हामीलाई सहयोग गर्न सकोस र फिल्म फेस्टिवल निकै राम्रो तरिकाले सम्पन्न गर्न सकियोस् भन्ने चाहन्छौ ।’


  •  
  •  
  •