म्यागीमाथिको प्रतिबन्धपछि एकले गरे आत्महत्या

459
  •  
  •  
  •  

maggi-noodlesकाठमाडौ, १ असार(एजेन्सी) : म्यागीमाथी प्रतिबन्ध लगाएपछि उत्तराखण्डमा नेस्ले इण्डियाका एक कर्मचारीले आत्महत्या गरेका छन् । १३ दिन अगाडि सर्वोच्च अदालतले म्यागी चाउचाउमाथि उत्पादन तथा बिक्रीमा ९० दिन रोक लगाएपछि ती कर्मचारीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार आत्महत्या गर्ने व्यक्ति ३२ वर्षीय लालता प्रसाद रहेका छन् । समाचारमा जनाइए अनुसार बरेलीमा बस्दै आएका लालता दुई वर्षदेखी रूद्रपुरा नेस्ले इण्डियाको प्लान्टमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार लालताले निकै लामो समयसम्म आफ्नो कोठा नखोलेपछि मृतककी पत्नीले उक्त घटनाबारे थाहा पाएकी थिइन् । लालताले आफ्नै कोठामा रहेको पंखामा पासो लगाएर आत्महत्या गरेका थिए ।  म्यागीमाथी प्रतिबन्ध लगाइएपछि हालै प्रसादजस्तै ११ सय कर्मचारीहरूलाई जागिरबाट निकालिएको थियो । यसकारण उनी परिवार पाल्ने तनावमा थिए । उनका दुई सन्तान छन् ।


  •  
  •  
  •