नवौं कोरियन भाषा परीक्षा : ८२ हजार भन्दा बढीको आवेदन, गल्ती भए एक साता भित्र मिलाउन पाउने

371
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : नवौं कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीको आवेदन परेकाे छ। उत्पादनमूलक क्षेत्रमा काम गर्ने गरी ४८ सय र कृषितर्फ २३ सय जनाको कोटा रहेको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान शनिबार राति १२ बजेसम्म अनलाइन आवेदन दिएका युवाले गल्ती भए २३ गतेसम्म मिलाउन पाउने इपिएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए।

परीक्षामा सहभागी हुन ८२ हजार २ सय ७९ जना युवाले आवेदन दिएका छन् । जसमध्ये उत्पादनमूलक क्षेत्रमा ४२ हजार ६ सय ३१ र कृषि क्षेत्रमा ३९ हजार ६ सय ४८ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाले जनाएकाे छ।

परीक्षा आउँदो जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना कामदार भाषा परीक्षामा उत्तिर्ण हुने शाखाले जनाएको छ ।


  •  
  •  
  •