जनकपुर ८ मंसिर (ओएनएस) : रामजानकी विवाह पंचमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आज ठूलो संख्यामा जन्ती जनकपुर आउने भएका छन् । साढे ३ सयको संख्यामा आउने सो जन्तीलाई महोत्तरीको मटिहानीबाट गाजाबाजाका साथ जनकपुर ल्याउने गरिन्छ । गत मंसिर १ बाट अयोध्याबाट जनकपुरका लागि जन्ती प्रस्थान गरिसकेको छ । जन्तीलाइ जनकपुरमा विशेष स्वागत गरिन्छ भने नगर परिक्रमा गराइन्छ । ता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक बर्ष जानकी मन्दिरमा विवाह पंचमी पर्व मनाउने गरिन्छ ।
बिबाह पंचमी महोत्सवको अवसरमा आज जानकी मन्दिर, राम मन्दिर, दशरथ मन्दिर लगायतका मन्दिरहरुमा पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुको विहानैदेखि भीड लागेको छ भने गंगासागर, धनुषसागर, अरगजा पोखरी सहितका जलासयहरुमा स्नान गरी श्रद्धालुहरुले पुजापाठ गरिरहेका छन् ।
आज जानकी मन्दिरवाट गाजावाजाका साथ किशोरी जीको र रामजीको डोला नगर परिक्रमा गरि रंगभुमि मैदानमा सिता स्वंयमवर कार्यक्रमको आयोजना गरिने छ । वेलुका जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सिता विच वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न भागका साथै भारतको अयोध्या, वृन्दावन, मथुरा, कोलकता, विहार, उतरप्रदेश, राजस्थान सहित विभिन्न स्थानवाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । विवाह पञ्चमीलाई महोत्सव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रमका साथ तयारी गरेपनि उनी भने नआउने भएका छन् ।
Comments are closed.