मैले गुटबन्दी रोक्न सकिँन

278
  •  
  •  
  •  

राजधानीमा जारी एमाले महाविधेशनको मतपरिणा आउन केही घण्टा बाँकी छ । अध्यक्षका दुई उम्मेदवार माधवकुमार नेपाल र केपी ओली छुट्टाछुट्टै प्यानल बनाएर संस्थागत रुपमै गुटबन्दी गरे । यस्तो गुटबन्दीबारे निवर्तमान अध्यक्ष झलनाथ खनालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

महाधिवेशन सकिनै लागेको छ, कस्तो लागेको छ ?

मैले मेरो काँधमा रहेका केही जिम्मेवारीहरु पुरा गरेको छु । बाँकी केही जिम्मेवारी छन् । ती कुरा पुरा गर्न सिंगो भविष्य नै बाँकी छ ।

झलनाथ खनालले अध्यक्ष रहँदा अन्तिममा महत्वपूर्ण जिम्मेवारी पुरा गरेन वा गुटगत गतिविध हावी भयो भन्ने छ नि ?

पार्टीमा गुटगत गतिविधि गहिरिएर गयो । ती गुट गतिविधिलाई अहिले रोक्न सकिएन । यसका परिणामहरु भोलि जन्मदै जाँने छन् । यसका परिणाम जन्मेपछि अध्यक्षले भनेका कुरा कति सही रहेछ भनेर पार्टीका सदस्यहरुले पछि थाहा पाउने छन् ।

यस्ता गतिविधि नियन्त्रण गर्न सकिएन, की प्रयत्ननै गर्नु भएन ?

यस्ता गतिविधि नियन्त्रण गर्ने प्रयत्न त गरे तर सकिएन, सम्वन्धित पक्ष तयार भएनन् ।

तपाई पनि अन्तिममा एउटा गुटप्रति लाग्नु भयो । एउटा गुटप्रति सदासयिता थियो भने टिप्पणी छ के भन्नु हुन्छ ?
तपाईको प्रश्न आफैमा आग्रही छ । म सुरुदेखि अन्तिमसम्म निष्पक्ष रुपले पार्टीलाई एकतावद्व बनाउ भन्ने पक्षमा थिएँ । त्यसैले कुनै गुटको पक्षमा पनि गइँन र कुनै गुटको विरुदमा पनि गइँन ।

तपाईले गुटहरुलाई तिनाउ खोलामा बगायौ भनेर बुटवलमा भाषण गर्नुभएको थियो, झन धेरै गुट बोकेर पो आउनु भएछ त ?

अहिले विश्वको वातावरण विग्रिरहेको छ । गर्मी चढिरहेको छ । हिमालको हिउँ पग्लिरहेछ । त्यसले गर्दा कतिपय नदीहरुमा पानी सुक्दै गएको छन् । तिनाउ खोलाले हाम्रो पार्टीभित्रको नराम्रो पक्षलाई बगाउन सकेन । काठमाडौंको पानी त झनै दुषित छ । यसले पनि बगाउन सकेन । त्यसैले आगामी भविष्यमा सम्पूर्ण कार्यकर्ताले शिक्षा प्राप्त गर्ने छन् । दशांै महाधिवेशन बृहत्तर एकताको महाधिवेशन हुनेछ ।

एउटा पक्ष विजयी भयो भने अर्को पार्टीका राम्रा मान्छे वाहिर हुने, यस्तो प्रवृतिले त पार्टीको भविष्य भयावह देख्नुभएको छैन ?

यो पार्टीले आफैलाई सुद्विढ गर्ने, समाज तथा कम्युनिष्टलाई एकताबद्व गर्ने समय हो । मुलुकको सामाजिक आर्थिक रुपान्तरण गर्ने नयाँ जनबादी क्रान्ति सफल भइसकेको अवस्थामा समाजबादको नयाँ लक्ष्य प्राप्त गर्न धेरै काम गर्नुपर्ने अवस्था छ । र ती कामहरु ऐतिहासिक कामका रुपमा हाम्रो सामु छन् । तर यी काम सम्पन्न गर्ने सिलसिलामा निकै शक्ति खर्च गर्नुपर्ने आवश्यकता आइलाग्न सक्छ । आगामी नेतृत्वका सामु यी कुराहरुलाई न्यूनिकरण गरेर जाने ठूलो चुनौती रहने छ ।

एउटा गुटको अर्को गुटसँगको बोलचाल बन्द भइरहेको अवस्था छ । यसले तपाईले भनेजस्तो पार्टी अगाढी बढ्ला जस्तो देखिदैन नी ?

नेकपा एमाले एकतावद्ध नै रहन्छ किनभने मैले आफ्नो कार्यकालको अन्तिम समयसम्म पनि प्रयत्न गरेर हाम्रो पार्टीको नीति तथा सिद्धान्तमा एकरुपता कायम भएको छ । विचारमा भिविधता नभएकोले पार्टी एकताबद्ध रहन्छन् । तर पनि पार्टी भित्र आन्तरिक समस्या आउनेछन् । ती समस्याहरुलाई समाधान गर्ने चुनौतीका साथ पार्टीलाई अग्रगामी दिशामा लैजानुपर्ने छ ।

यसपछी विधानत वरिष्ठ नेता रहनुहुनेछ । वरिष्ठ नेताको हैसियतले तपाँइले के–के गर्नुहुने छ ?

फेरी पनि मेरो काम पार्टीलाई वैचारिक तथा सैद्धान्तिक रुपमा एकतावद्ध बनाउने सही दिशातर्फ लाने हुनेछ । त्यस्तै विभिन्न घटनाक्रमहरुबाट प्राप्त भएको शिक्षा सिंगो पार्टीमा पुर्याउने र पार्टीलाई अग्रगति तिर लैजान मुख्य भुमिका रहने छ ।


  •  
  •  
  •