धम्की नदिन एमाओवादीलाई एमाले नेता खनालको चेतावनी

171
  •  
  •  
  •  

jhalanath-khanal_20100313083652काठमाडौ, ६ पुस (ओएनएस)  : नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले माघ ८ गतेलाई लक्ष्मण रेखामानेर एमाले प्रतिबद्धताबाट एक ईन्च पनि पछि नहट्ने स्पष्ट पारेका छन् ।

प्रक्रियामा गए सडक आन्दोलन गर्ने एमाओवादी लागयत विपक्षी दलले धम्की दिइरहेको बेला खानलले चेतावानीको शैलीमा भने ‘अब प्रक्रियाबाट संविधान बन्नु पर्छ । सहमति नभए दुई तिहाई बहुमतबाट अघि बढ्छौ । यो एमालेको बरिष्ठ नेता बोलेको कुरा हो । अवरोध गर्नेको प्रतिकार गर्छौ । मुलुकलाई झारेटाकुरे राज्य बनाउने कुरा मान्दैनौ ।’

आइतबार राजधानीमा भएको कार्यक्रममा खनालले एक महिनाभित्रै संविधानजारी गर्न सक्ने स्पष्ट पार्दै बालुवाटारमा भएको तीन दलको बैठकबाट एमाओवादी नेताहरु ‘हामीलाई पेल्न खोज्नु भयो’ भन्दै एक्कासी उठेर गएको जानकारी दिदै एमाओवादीको १० वर्षको जनयूद्ध देखिसकेकोले १९ दलको सडक आन्दोलनको कुरा नगर्न सुझाव दिए ।

उनले भने ‘हामीले जनयुद्ध देख्यौं, मधेश आन्दोलन देख्यौं त्यसैले उनीहरुले यो गर्छौ त्यो गर्छौ भनेर अब हावादारी धम्कीबाट जनता डराउने पक्षमा छैनन, त्यसको वारेमा उनीहरुले जानेहुन्छ । दलहरुको धारणामा बहस नगरेसम्म सहमतिहुँदैन । यसरी उठेर हिडेर बार्ता हुन सक्दैन, सहमतिको लागि बहस गर्नुपर्छ । म अझै बार्ताको लागि आब्हान गर्छु ।’

साथै खनालले संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन नदिने र प्रक्रियामा गएर माघ ८ गते नै संविधानजारी गर्ने बताए ।
माघ ८ भित्रै संविधानजारी गर्ने पक्षमा संविधानसभामा दुई तिहाई बहुमत रहेकोले संविधान जारी हुने भन्दै जातीय राज्य खोज्नेहरु प्रतिगामि भएको टिप्पणी गरे ।

खनालले नेपाल आमाको छार्ती चिरा चिरा पार्ने गरी समग्र मधेस एक प्रदेश हुनै नसक्ने ठोकुवागर्दै माघ ८ गते अघि सरकार र राष्ट्रपति परिवर्तनको कुरा नगर्न सबैलाई आग्रह गरे । उनले भने–‘दुई तिहाई बहुमत भएको सरकार यो नै राष्ट्रिय सरकार हो । अहिले हाम्रो ध्यान संविधान जारी गर्नेमा छ, सरकारले भ्रष्टाचार गरेको छ कि छैन अहिले हाम्रो ध्यान त्यतातिर छैन ।


  •  
  •  
  •