सहमति नभए प्रक्रियामा जानुपर्छ : नेता खनाल

176
  •  
  •  
  •  

काठमाडौँ, ४ पुस (ओएनएस) नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएको मितिमा संविधान जारी गर्न सहमति हुन नसक्ने भन्दै प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले राजधानीमा शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले दलहरूबीच सहमति गर्ने छाटकाट नदेखिएकाले प्रक्रयामै गएर संविधान जारी गर्नुपर्ने बताए ।

उनले भने ‘अब पनि सहमतिको प्रयास गर्नु भनेको समयको दुरुपयोग गर्नु हो । भन्दे अब प्रक्रियामा जानुको विकल्प छैन ।’


  •  
  •  
  •