पूर्वप्रधानमन्त्री खनाल बैंकक जाँदै

1421
  •  
  •  
  •  

jn
jn

काठमाडौं २६ मंसिर (ओएनएस) :  एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल शुक्रबार थाइल्यान्डको राजधानी बैंकक जा“दै छन् । बैंककमा भी स्टार युथ ग्यादरिङको ‘प्रमुख अतिथि’का रूपमा सहभागी हुन खनाल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी बिहान ११ बजे बैंकक प्रस्थान गर्ने कार्यक्रम छ ।

धमकाया फाउन्डेसनको आयोजनामा हुन लागेको ग्यादरिङमा १ लाख विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रमले नेपाल–थाइल्यान्डबीचको सांस्कृतिक सम्बन्ध थप गहिरो पार्ने विश्वास गरिएको छ ।

‘निकै महवपूर्ण कार्यक्रम भएकाले प्रमुख अतिथिका रूपमा सहभागी हुन बैंकक जान लागेको हुँ,’ खनालले  भने ।


  •  
  •  
  •