एमाले नेता खनाल डेढ महिनापछि फर्किदै

132
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक (ओएनएस) :  लामो स्वास्थ्य उपचारपछि नेकपा एमालेको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज नेपाल फर्किदै छन् । अमेरिकामा स्वास्थ्य उपचार गरउनी अहिले बिहान काठमाण्डु आइपुग्ने छन् । पिसाब नलीमा गम्भीर समस्या देखिएपछि उपचारका लागि नेता खनाल असोज १० गते अमेरिका गएका थिए । डेढ घण्टा लामो उपचारपछि उनी नेपाल फर्किदैछन् । उनको उपचार खर्च सबै राज्यले बेहोरेको छ ।

खनाल आज बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रनु हुने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । स्वास्थ्य उपचारका लागि अमेरिका जानुभएका खनालले अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा उपचार गराएका थिए । उपचारपछि खनाल पूर्ण स्वस्थ भएर नेपाल फर्किएको उनको सचिवालयले जनाएको छ ।


  •  
  •  
  •