दुई किशोरीलाई एसिड हान्ने जेल चलान

174
  •  
  •  
  •  

काठमाडौं, ३ बैशाख (ओएनएस) : दुई किशोरीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका जीवन विकलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला आदालत काठमाडौंले आदेश दिएका छ ।

ज्यान सम्बन्धि उद्योग मुद्दा चलाइएका विकालाई न्यायाधिस स्वीकृती पराजुलीको इजालसले ठहर भए बमोजिम हुने गरी चेल चलाउन गर्न आदेश दिएको हो ।

अब मुद्दाको फैसला नहुन्जेसम्म जीवन जेलमा रहनेछन् भने जेल सजायको मिति बिहिबारदेखिको गनिनेछ । आदेशपछि उनलाई केन्द्रीय कारागार चलान गरिएका छ ।

जीवनले गत फागुन ११ गते बसन्तपुरमा ट्युसन पढीरहेका दुई किशोरलाई एसिड अक्रामण गरेका थिए । आक्रमणपछि फरार भएक जीवन झण्डै एकमहिनापछि पक्राउ भएका थिए ।

प्रेममा बदला लिनको लागि अनुहार विगार्ने उद्देश्यले एसिड हानेको जीवनले प्रहरीलाई बयान दिएका थिए ।


  •  
  •  
  •