कलाक्षेत्रमा राजनीति हावी भयोः जितु नेपाल

77
  •  
  •  
  •  

असोज ६ दाङ (ओएनएस) : चर्चित हांस्य कलाकार जितु नेपाल ले कलाकारिता क्षेत्रमा राजनिति हावी भएको वताएका छन् । रिपोटर्स क्लव जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेपालले राजनिति सबै ठाउंमा हावी हुंदा हरेक क्षेत्र अस्त व्यस्त भएको वताएका हुन् ।

कलाकारहरु कलाकारिता भन्दा राजनिति र दलका नेताहरुको चाकडी गर्न लागि परेको भन्दै सिमित स्वार्थ छारेर आफ्नो क्षेत्रलाई संरक्षण संम्वद्र्धन गर्न लाग्नु पर्ने धारण व्यक्त गरे । केही कलाकारहरु सिमिति स्वार्थका लागि राजनितिमा प्रवेश गर्नु दुखद भएको भन्दै यस्ले राम्रो सन्देश नलिने वताए ।

एक अर्को प्रशंगमा वोल्दै हास्य कलाकार नेपालले दलहरुमा इच्छा सक्ति भए १ महिना भित्र संविधान जारी गर्ने दाबी गरे । केही दलहरुको अस्थित्व समाप्त हुने र को तल पर्ने त्रासले नेपालमा नयां संविधान निर्माण गर्न नचाहेको प्रष्ट भएको उनको भनाई थियो । उनले राज्यले कला क्षेत्रलाई सिमित स्वार्थका लागि प्रयोग गरिरहको तर कलाकारहरुलाई हरेक क्षेत्रमा अपेक्षा गरेको आरोप लगाए ।


  •  
  •  
  •