जितबहादुरको घरमा सुरक्षा

290
  •  
  •  
  •  

काठमाडौं २० साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारुलाई प्रहरीले कडा सुरक्षा दिएको छ ।

मोदीसँगै आइतबार काठमाडौं आएर हायात होटलमा पारिवारिक मिलन गरेपछि मोदीले उनलाई अव नेपालमा बस्छौ की म सँगै जान्छु भनेर सोधेका थिए । जवाफमा जितबहादुरले हजुरसँगै जान्छु भने । मोदीले त्यसपछि केहि दिन बसेर दिल्ली आउनु भनेकाले आफू घर आएको बताए ।
उनी आइतबारराति कावासोती नगरपालिका १ स्थित घरमा आएका हुन् । उनले सोमबार बिहानैदेखि घरमा सर्वसाधारणको भिड लागेको जवाफ दिए । सादा पोशाकका सुरक्षाकर्मी उनको सुरक्षामा खटिएका छन् । उनी साउन ३० गते दिल्ली फर्कनेछन् ।
कान्तिपुरबाट


  •  
  •  
  •