जितबहादुर परिवारको जिम्मामा

205
  •  
  •  
  •  

काठमाडौ, १८ साउन(ओएनएस): नेपालको दुई दिने भ्रमणका क्रममा नेपाल आईपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना धर्मपुत्रलाई उनका परिवारको जिम्मा लगाएका छन् ।

jit bahadur and his family with modiत्रिभुवन विमानस्थलमा नेपाल सरकारले गरेको राजकीय सम्मानमा सहभागी भएर सोझै आफू बस्ने होटेल ह्यातमा पुगेका मोदीले धर्मपुत्र जितबहादुर सारू मगरलाई उनको परिवारको जिम्मा लगाएका छन् । प्रधानमन्त्री मोदीसँगै आएका जितबहादुरलाई ह्यात होटेलमा आफ्ना परिवारसँग जिम्मा लगाएका हुन् ।

jit bahadur and his family with modi1नवलपरासीका कावासोती-१ का २७ वर्षीय जितबहादुर सारूमगर कामको खोजीमा भारत पुगेका थिए । आर्थिक रूपले विपन्न परविारका सदस्य जितबहादुर कामका लागि १० वर्षकै उमेरमा भारत गएका हुन्। काम गर्ने ठाउँ परविर्तन गर्दै जाँदा गुजरातको मुख्यमन्त्री पनि भइनसकेका मोदीको सामीप्यमा पुगेपछि उनको जीवनमा कायापलट भइदियो।

अहिले भारतको प्रधानमन्त्री भइसकेका मोदीसँग रगतको नाताका नभए पनि जितबहादुर कुनै हिसाबले पनि पुत्रभन्दा कम लाग्दैनन्, धर्मपुत्रजत्तिकै छन्। परविारको सदस्यसरह जितबहादुरको लालनपालन र स्कुले शिक्षा मोदीकै संरक्षकत्वमा भयो, अहिले उनैको अभिभावकत्वमा उच्च शिक्षा पाइरहेका छन्।

नरेन्द्र मोदीका नेपाली ‘धर्मपुत्र’


  •  
  •  
  •