जीप दुर्घटनामा दुई महिलाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

301
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : बझाङमा जीप दुर्घटना हुँदा दुई जनाकाे महिलाको ज्यान गएको छ भने दुई जनाकाे अवस्था चिन्ताजनक रहेकाे छ।

दुर्घटनामा परी छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको बझाङ प्रहरीले जनाएको छ।

बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जानकारी गराएका छन् । घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भएकाे भने खुल्न सकेको छैन् ।


  •  
  •  
  •