जीन्दगी आइसोलेसनमा

92
  •  
  •  
  •  

साएद जीन्दगीले एक चोटि मौका दिएको छ
भाग्दा भाग्दै थाकेको यो शहरबाट
केहि पल सुस्ताउन फर्कि आउने पाईलाहरुले
गाउँलाई फेरि सम्झाएको छ ।

रुपा थापा

दौडिरहे एकनासले सोधिन कैले म किन दौडिए
सोचे एक दिन त पाउने छु जवाफ
तर त्यो एक दिन कैले आएन

सहरको त्यो गल्लिमा भासिएका पाईलाहरु
कुरिरहन्थे हातमा नाम्लो लिएर
मैलिएको ढाका टोपि निलो टि सर्ट र खैरो हाफ कट्टुमा
निधारबाट छुटेका पाईलाहरुले
सम्झाउँथे प्रत्येक दिन किन झरिस साईला
छाडेर गाउँको त्यो सितल चौतारिलार्इ
कसैले नचिन्ने यो शहरको भिडमा
तैले बोक्ने भारिसँगै साएद विसाउन मिल्ने भए
जीन्दगीका तमाम ति भारिहरु

सोच्ने गर्थे जीन्दगीको यो भीडमा
म यसरी दौडिन्छु
सबै थोक छ रे तिम्रो त्यो शहरमा
त्यो शहरलाई पनि एक दिन म किन्ने छु
आमासँग आशिर्वाद माग्दै बाटो लागेको दिन
आमाले भन्दै थिइन
बाबु फर्किन्छस् नि चाडै नै यो गाउँलार्इ सम्झेर

साच्चै म किन दौडिए
अनि कस्को लागि र किन दौडिए
सबैसँग भेट्दा भेट्दै
कोहि फर्कि आउने बाटो कुर्दा कुर्दै
मैले आफैलाई किन भेटिन
मैले आफैलाई किन कहिले पर्खिन

जीन्दगीको सत्य म आफै
त्यसैले यो भिडबाट केहि पल म आफैसँग हराउने छु
सोध्नु थियो धेरै प्रश्नहरु आफैलाइ
जुन अब सोध्ने छु
धेरै दौडिए थाके पनि
केहि पल अब आफैलाई आराम दिने छु
साएद नभेटिएका केहि जवाफहरु
भेटिएलान कि जीन्दगीको यो आइसोलेसनमा
जहाँ केवल म मात्र हुनेछु

त्यसैले शहरबाट आइसोलेसनमा फर्किएका
ए जीन्दगीहरु केहि पल
फेरि आफ्नै पाइलाहरुलाई भेटेर फर्कनु ल


  •  
  •  
  •