जाइका अध्यक्ष नेपाल आउँदै

428
  •  
  •  
  •  

काठमाडौँ, ५ पुस(ओएनएस) : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. सिनिची किटाओका नेपाल आउँदै छन् ।

भूकम्पपछिको पुन:निर्माणमा जापानले दिने २३ अब ४ करोड अर्थात २६ अर्ब जापानी येन सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न उनी नेपाल आउन लागेका हुन् । जापानले घोषणा गरेको उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भने बाँकी रहेको थियो । उनले सिन्धुपाल्चोकको चौताराका साथै काठमाडौँ उपत्यकाका तिन जिल्लामा जाइकाले सहयोग गरिरहेको आयोजनाहरुको अवलोकन पनि गर्नेछन् ।

त्यस्तै बनेपा–बर्दिबास सडकखण्डलाई उत्कृष्ट परियोजना भन्दै दिइने अवार्ड पनि सोमबार एक कार्यक्रमबीच जाइका अध्यक्ष किटाओकाले प्रदान गर्नेछन् ।


  •  
  •  
  •