जीवनमा सोचेका र देखेका सबै सपना पूरा हुनैपर्छ भन्ने छैन् तर, जुन सपनाले आफूलाई रातदिन सुत्न दिँदैन, त्यो सपना भने पूरा भएर छाड्छ भन्ने एउटा घटनाले देखाएको छ ।
कुरा २००० सालतिरको हो । मैले नेपाल को वालिङ्ग क्याम्पसबाट भर्खर आइए पास गरेको थिए ।
त्यतिबेला देशमा राजनीतिक द्धन्द्ध चर्किएको थियो । मेरा मात्र नभएर देशभरीकै छोराछोरीको पढाईमा बाधा परिरहेको थियो ।
भरिया मजदुर, ज्यामीले भारी बोकेर खान पनि धौँ–धौँ परिरहेको थियो । दिनहुँको चक्का जाम, हड्ताल अनि द्धन्द्धका कारण म जस्तै हजारौं युवाहरु विदेश पलायन भइरहेका थिए ।
त्यतिबेला देशको स्थिति त्यति सहज थिएन । यस्तै अवस्थालाई सहन नसकेर मा भारत तिर लागेको थिए ।भारतको मुम्बई सहरबाट आफ्नो होटेल म्यानेजमेन्ट पढाई र तालिम दुवै सकेपछि पनि नेपाल तिर जान मन लागेन ।
शुरु भयो मेरो जिवनको विदेशी यात्रा ।
मुम्बईबाट मलेशिया, सिंगापूर, लगायत जर्मनीमा केहि समय रोजगारमा संघर्ष गरे पनि आर्थिक अवस्थामा खासै फरक परेको थिएन । करिब २००२ तिर अफ्रीका तिर लागे । पुर्बी अफ्रीकाको एउटा देश युगान्डामा ।
त्यतिबेला बेला म युगाण्डाको अति नै चर्चित ५ स्टार होटल स्पीक होटेल मा मेनेजरको रुपमा कार्यरत थिए ।
होटलमा धेरै गेष्टहरु आउने जाने गर्दथे । उनीहरुले के–के कुरा गर्दथे त्यो मेरा लागि र म कार्यरत होटलका स्टाफहरुलाई खासै मतलब हुँदैनथ्यो । होटलमा काम गरिसकेपछि गेष्टका लागि आफ्नो होटलले दिने सेवा सुविधा हाम्रा लागि पहिलो प्राथमिकता थियो ।
परिवारबाट टाढा रहँदा पीडा भोगिरहेको मैले नेपाल पुगेर परिवारलाई युगाण्डा ल्याउने सोच बनाएँ ।
अनि २००६ मा नेपाल पुगेर सपरिवारसहित युगाण्डा फर्किए ।
त्यसमै हामी लागिरहन्थ्यौं । त्यहि क्रममा एकजना भारतीय नागरिक जसको नाम मिस्टर अनिल थियो । उनी विदाका बेला युगाण्डा घुम्न आएका रहेछन् । उनका दुई छोरा क्यानडामा बसेर उच्च शिक्षा लिइरहेका रहेछन् ।
परिचयपछि कुराकानी गर्दै जाँदा उनले आफ्नो पारिवारीक कुरा पनि खोल्दै गए । उनले डिनर र टस्कर वियर (युगान्डा को एकदमै चर्चित वियर) अर्डर गरेर आफ्ना कुरा अगाडि बढाएका थिए ।
परिचयका क्रममा मैले थाहा पाएकी मिस्टर अनिल त हाम्रै होटल स्पेकका जनरल मेनेजर पो रहेछन् । ‘मेरा दुवै छोरा क्यानडामा अध्ययन गरिरहेका छन् ।’ उनको कुरा सुनेपछि मनमा खदुल्दुली लाग्यो । ओ, हो क्यानडा ।
त्यतिबेला क्यानडा भन्ने शब्द सुन्नासाथ कता कता आफ्ना दुई छोराको सम्झना आयो । क्यानडा भन्ने शब्दले छोराहरुको भविष्यका बारेमा सोच्न बाध्य बनायो । सन् २००३ देखि नै मनमा त्यहि सपना रोपियो । जुन अन्य सपना जस्तो थिएन ।
उक्त सपनाले मलाई दिन रात मेहनत मात्र गर्नुपर्छ भनेर अगाडि बढायो । घर परिवारको सम्झना झल्झली आउन थाल्यो । आफूले शिक्षा हासिल गर्ने क्रममा दुःख पाए पनि छोराहरुको उज्जवल भविष्यको सपना मनमा नाँच्न थाल्यो ।
मेरा श्रीमती र छोराहरु वालिङमा थिए भने म युगाण्डामा एक्लै थिए । रातोदिन उनीहरुकै चिन्ता हुन्थ्यो मनमा । त्यतिबेला ठूलो छोरा आशिषले वालिङको सगरमाथा बोर्डिङ स्कुलमा कक्षा १ मा पढ्दथे । सानो छोरा आकाश सानै थियो ।
परिवारबाट टाढा रहँदा पीडा भोगिरहेको मैले नेपाल पुगेर परिवारलाई युगाण्डा ल्याउने सोच बनाएँ ।
अनि २००६ मा नेपाल पुगेर सपरिवारसहित युगाण्डा फर्किए ।
एउटा नयाँ जिम्मेवारी काँधमा थपिएको थियो । २ वटा छोराहरुको पढाई, पारिवारिक खर्च अनि दुवै छोराहरुलाई उच्च शिक्षाका लागि क्यानडा पठाउने सपना हरेकपल मनमा छाइरह्यो । समय वित्दै गयो । म जागिरमा मात्र सिमित नहरेर नयाँ बैकल्पिक पेशाहरुमा पनि लागे ।
आखिर संघर्ष गर्ने बानी मलाई परिसकेको थियो । दिनभरीमा मनमा आउने हरेक इच्छा आकांक्षाहरुमा दुई छोरालाई क्यानडा पठाउने नै महत्वपूर्ण सपना बन्यो । दुःख मेहनत अतिरिक्त परिश्रम, र मेरो आफ्नै नेटवर्किङ पेशामा लागे , त्तलभत भन्ने एउटा अन्तर्राष्ट्रिय नेटवर्क मार्केटिङ कम्पनीबाट आफ्नो करियर शुरु गरे ।
सुरुमा म धेरै निराश लागेको थियो । दिनमा जागिर र बचेको समय र बिदाको दिनमा आफ्नै नेटवर्क मार्केटिङको को पेशामा एकदमै निरन्तरताका साथ लागि रहे ।
आज मेरो नेटवर्क जताततै फैलेको छ । करिब ८ देखि १० राष्ट्रहरुमा टिम बनि सकेको छ । आज मेरो ठूलो छोराले क्यानडाको थम्पसन रिभर्स युनिभर्सिटी ८०५ टिआरयू वे कमलोप्स, बीसी क्यानडामा विगत ३ वर्षदेखि बिबिए गर्दैछ ।
कान्छो छोराले पनि वोलिस्ट कलिट ओन्टरियो, क्यानाडामा विविए मा अध्यनरत छ । दुवै छोराहरुको क्यानडामा उच्च शिक्षाका लागि पठाउने मेरो सपना साकार भएको छ ।
(किरण वि.कको सहयोगमा)