झापालाई एन्फा कप उपाधि

116
  •  
  •  
  •  

IMG_9020काठमाडौ, २५ भदौ (एजेन्सी) : वर्षको पहिलो सिजनको उपाधि झापा ११ ले कब्जा गरेको छ । आज भएको फाइनल खेलमा संकटा क्लबलाई ४-० गोलको भारी अन्तरले पराजित गर्दै एन्फा कपको उपाधिमाथि कब्जा जमाएको हो ।

आज दशरथ रंगशालामा भएको फाइनल खेलमा डिभिजन ए टिम संकटालाई झापाले घुँडा टेकाएको हो । उपाधीसँगै झापा-११ ले १० लाख रूपैयाँ पनि जितेको छ । उपविजेता संकटाले ५ लाख हात पारेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा झापा-११ ले खेलको ४३ औ मिनेटमा अग्रता लिएको थियो । खेलको ४३ औ मिनेटमा नागेन्द्र लिम्बुले गरेका थिए । पहिलो हाफ १-० मा सम्पन्न भएको अवस्थाबाट सुरू भएको दोस्रो हाफमा झापा संकटामाथी निकै हावी भयो । ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सीमित भएपछि संकटा झन् कमजोर बन्न पुग्यो । कमजोर झापाले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो ।

झापा-११ ले खेलको ७६ औ मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै कर्ण लिम्बुले टोलीका लागि दोस्रो गोल गरेका थिए । यस्तै, खेलको ८६ औ मिनेटमा विशाल राई र ८८ औ मिनेटमा बुद्ध चेम्जोङ्ले गोल गरेका थिए ।

प्रतियोगिताको बेष्ट गोलकिपर झापाका दिनेश थापा, बेष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, बेष्ट मिडफिल्डर संकटाका वर्षात गुरुङ र बेष्ट फरवार्ड झापाका बिशाल राई घोषित भएका थिए ।


  •  
  •  
  •