मनाङको हृयाट्रिक, आयोजकलाई हराउँदै झापा गोल्डकपको उपाधि

459
  •  
  •  
  •  

jhapa goldcupझापा,२४ माघ (ओएनएस) : मनाङ मर्स्याङ्दी क्लबले दोस्रो रमपम झापा गोल्डकपको उपाधि हात पारेको छ ।

सोमबार विर्तामोडको डोमालाल रंगशालामा भएको फाइनल खेलमा झापा–११ लाई १ गोलले हराउदै मनाङले उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको ६३ औं मिनेटमा ओलावालेले गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै मनाङले नगद ७ लाख रुपैयाँ र ट्रफी पाएको छ । भने उपविजेता झापा–११ ले ३ लाख ५० हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।

झापा गोल्डकपको जितसँगै मनाङले योे सिजन उपाधिको हृयाट्रिक गरेको छ ।  मनाङले यसअघि धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहा रारा गोल्डकप जितेको थियो ।


  •  
  •  
  •