झापा गोल्डकपः झापा ११ र मनाङबीच उपाधि भिडन्त

423
  •  
  •  
  •  

jhapa goldcupझापा,२४ माघ (ओएनएस) : रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल विर्तामोडको डोमालाल रंगशालामा हुने सोमबार दिउँसो हुनेछ ।

मनाङ विभागीय टोली नेपाल आर्मीलाई हराउदै फाइनल प्रवेश गरेको हो, भने झापा ११ हिमालयन शेर्पा क्लबलाई पाखा लगाउदै फाइनल यात्रा तय गरेको हो ।

देशको सबैभन्दा सफल क्लब मनाङले यसअघि धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहा रारा गोल्डकपको विजेता हो । मनाङ झापालाई हराउदै उपाधिको ह्याट्रिक गर्ने धुनमा छ ।

यसअघि आयोजना भएको काँकडभिट्टा गोल्डकपको विजेता टोली झापा पनि आफैले आयोजना गरेको मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगितामाथि कब्जा गर्न दाउमा छ ।

प्रतियोगिताको बिजेताले नगद ७ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।


  •  
  •  
  •