झापा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा

228
  •  
  •  
  •  

झापा, २२ माघ (ओएनएस) : विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मस्र्याङदी फुटबल क्लब झापामा जारीे रमपम झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको सेमिफाइनलमा मनाङले आर्मीलाई मनाङले १–० ले हरायो । खेलको ४१ औं मिनेटमा मनाङका विमल रानाले निर्णायक गोल गरे ।

अफ्रिकी खेलाडी आफिज ओलावालेको क्रसमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर फर्किएपछि रिबाउन्डमा रानाले शान्दार गोल गरेका थिए । कप्तान सुजल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले म्याप्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक पदमलाल राजवंशीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै ५ हजार रुपैयाँ प्रदान गर्यो ।

प्रतियोगिताको फाइनलमा मनाङले आयोजक झापा एघारसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेलमा सोमबार हुनेछ । प्रतियोगिताको विजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


  •  
  •  
  •