नेपाल पुलिसलाई पराजित गर्दै झापा सेमिफाइनलमा

111
  •  
  •  
  •  

रुपन्देही,  २२ जेठ (ओएनएस) :  तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत विहिवार भएको खेलमा झापा ११ ले नेपाल पुलिस क्लवलाई १–० को गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै झापा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५५औं मिनेटमा झापाका गणेश खड्काले गोल गरेका थिए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पुलिसका दिनेश गुरुङ र झापाका प्रवेश कटुवालले पहेलो कार्ड पाएका थिए । भूकम्प पिडितको सहयोगार्थ यसपटकको तिलोत्तमा गोल्डकप आयोजना गरिएको हो । शुक्रबारको खेल आयोजक रुपन्देही ११ र पाहुना टोली भारतको दार्जिलिङ ११ विच हुने आयोजक रुपन्देही जिल्ला फुटवल संघले जनाएको छ ।


  •  
  •  
  •