एमाले अध्यक्ष खनाल चीन जाँदै

254
  •  
  •  
  •  

काठमाडौं, २३ वैशाख (ओएनएस) : नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मंगलबार चीन भ्रमण जाँदैछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले अध्यक्ष खनाल साताव्यापी भ्रमणका लागि चीन जान लागेका हुन् ।
अध्यक्ष खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै दिउँसो एयर चाइनाको उडानबाट ल्हासा हुँदै बेइजिङ्ग जाने कार्यक्रम छ । अध्यक्ष खनालले चीनमा पुगेर भेट्ने नेताहरुको भने टुंगो लागिसकेको छैन ।
खनालसँगै सचिव विष्णुप्रसाद पौडेल, पोलिटब्युरो सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य परशुराम मेघी गुरुङ, एकबहादुर राना, गरिमा शाह, शत्रुधन महतो, र चन्द्रबहादुर शाही लगायत चीन जानेछन् । टोली जेठ २ गते स्वदेश फकिर्नेछ ।

  •  
  •  
  •