कुनै पनि हालतमा पार्टी फुट्दैनः नेता खनाल

86
  •  
  •  
  •  

इलाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने दाबी गरेका छन् ।

उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए ।

फाइल तस्बिर

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए। खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको बताए। उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे ।


  •  
  •  
  •