काठमाडौं, ७ असार (ओएनएस) : मध्यपहाडी लोकमार्गले थप केही जिल्लालाई समेट्ने गरी रेखाङ्कनको माग गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सहितका सभासदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कास्कीको बेगनासबाट लमजुङ, गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओलढुङ्गा हुँदै हाल कायम रहेको खोटाङको दिक्तेलमा पुग्ने गरी पुरानो पूर्व पश्चिमी लेकाली घोडेटो बाटोलाई आधार कायम गरी त्यस भेगबाट लोकमार्गको पुनः रेखाङ्कन गर्न उनीहरुले माग गरे ।
प्रस्तावित ठाउँबाट लोक मार्ग सञ्चालनमा आएमा थप ५० लाख जनता लाई यातायातको सञ्जालमा ल्याउन सकिने सभासद शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि लोकमार्गको अहिलेको स्थानबाट बाटो बदलेर त्यस क्षेत्रमा पु¥याउन माग गर्दै त्यसका लागि पहल गरिदिन व्यवस्थापिका–संसद्मा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने २५ जनाले उपप्रधानमन्त्री वामदेव गौतमलाइ ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा गोकर्ण विष्ट, आनन्द पोखरेल, रवीन्द्र अधिकारी लगायतका सभासदको हस्ताक्षर छ ।