सपथ ग्रहण समारोहमै झडप

209
  •  
  •  
  •  

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को शपथ ग्रहण समारोहमा झडप भएको छ । महोत्तरीको बर्दिबासमा आयोजित शपथ ग्रहण समारोहमा झडप भएको हो ।

प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको जनाइएको छ ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको र जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गराउन लागेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले स्थगित गराउन चेतावनी दिँदै आएका थियो ।

सो क्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास समेत भएको नेकपाका कार्यकर्ता राधे महतोले बताए ।

झडपमा केही नेता कार्यकर्ता सामान्य घाइते भएको जनाइएको छ । प्रहरीले लाठीचार्ज गर्दै स्थितिलाई नियन्त्रणमा लिएको थियो ।


  •  
  •  
  •