मेयर र उपमेयर पक्षबीच झडप

610
  •  
  •  
  •  

काठमाडौं । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ । कार्यालय सार्ने विषयमा झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएका छन् ।

धनुषाका प्रहरीका अनुसार वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविकको कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको हो । साविकको कार्यालय नै यथावत रहनुपर्ने पक्षमा उपमेयर झा हुनुहुन्छ भने बेल्हीमा भर्खरै लिएको भाडाको घरमा कार्यालय सार्ने पक्षमा मेयर मण्डल लागेका थिए ।

मेयरले प्रहरी लिएर कार्यालयको समान लिन आएपछि उपमेयर झा पक्षले अवरोध गर्दा झडप भएको थियो । झडपलाई तत्कालै प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको छ ।

घटनामा उपमेयर झालगायत ६ जना घाइते भएको जनाइएको छ । प्रहरीले मात्र २ जना समान्य घाइते भएको जनाएको छ ।


  •  
  •  
  •