जग्गा विवादले झडप, पाँच घाइते

67
  •  
  •  
  •  

महोत्तरी । महोत्तरीको औरहीमा जग्गा विवादपछि दुईक्षबीच झडप भएको छ। झडपमा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान जग्गाको विषयमा औहरी नगरपालिका २ बस्ने चन्देश्वर साह र राम जिवन यादव पक्षबीच झडप भएको हो।

झडपमा चन्देश्वर साहकी श्रीमती ६५ वर्षीया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएका छन्।

दुवैजनालाई उपचारको लागि धरान पठाएको छ। अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

उनीहरुको औरहीस्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here