बिस्केट जात्रामा झडपः प्रहरीसहित ११ जना घाइते

108
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (ओएनएस) :बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा सोमबार राति झडप भएको छ । झडपमा परी ४ प्रहरीसहित ११ जना घाइते भएका छन् ।

ढुंगाहानाहान समेत भएपछि प्रहरी नायव निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल घाइते भएका छन् ।

यसैगरी, भक्तपुर नगरपालिका वंशगोपालका सरोज शिल्पकार, कमलविनायका सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल घाइते भएको प्रहरीले जनाएको छ ।

रथ तान्ने क्रममा रथलाई माथिका बासिन्दाले गोल्मढी पुर्याएको र रथलाई पुनः तलका बासिन्दाले तानेर टौमढी ल्याइएपछि झडप भएको थियो ।


  •  
  •  
  •