मोतिपुर झडपमा ज्यान गुमाएकाको परिवारलाई जनही एक लाख दिइने

43
  •  
  •  
  •  

काठमाडौं । रुपन्देही बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा भएको झडपमा ज्यान गुमाएकाको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १ लाख किरिया खर्च दिने भएको छ।

आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो।
सो क्रममा गोली लागेर ४ जनाको मृत्यु भएको थियो। मृतकका परिवारलाई जनही १÷१ लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेशले जनाएको छ ।

सोमबार बिहान प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद् लगायतको बैठकले सो निर्णय गरेको हो।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here